पोखरामा कबड्डीको रेफ्रि र प्रशिक्षक प्रशिक्षण सुरु
पाेखरा | असार २, २०८१
पोखरा: पोखरामा कबड्डीको रेफ्रि प्रशिक्षक प्रशिक्षण शनिबारबाट सुरु भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश कबड्डी संघको व्यवस्थापनमा उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
उक्त प्रशिक्षण कार्यक्रमको सुरुवात गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले कुनै पनि खेलकुदको जग विद्यालय भएकोले परिषदले आफ्ना प्रशिक्षणका कार्यक्रमहरुलाई सोही अनुरुप तय गरेको बताए ।
परिषदले खेलकुद विकासका लागि विभिन्न कार्यक्रमहरु अघि सारेको जनाउँदै सोही अनुसार कबड्डीको रेफ्रि प्रशिक्षक प्रशिक्षण कार्यक्रम समेत रहेकोले गण्डकीमा यूवा खेलाडीहरु उत्पादन गर्न सहयोग पुग्ने उल्लेख गरे ।
कार्यक्रममा परिषदकी सदस्य एवं कार्यक्रम संयोजक निर्मला बरालले अनुशासित नागरिक उत्पादन गर्न खेलकुदको भूमिका रहेको जनाउँदै खेल शिक्षक लक्षित प्रशिक्षणले विद्यालयहरुमा प्रतियोगिताहरु आयोजना गर्न सहज हुने बताइन् ।
गण्डकी प्रदेश कबड्डी संघका अध्यक्ष पवन कुमार प्रजापतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कबड्डी संघका सचिव हरि जिशीले समेत आफ्ना भनाई राखेका थिए ।
प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न ११ जिल्लाका ३० जना खेल शिक्षकहरुको सहभागिता रहेको सचिव जिशीले जानकारी दिएका छन् ।
तीन दिन सम्म सञ्चालन हुने प्रशिक्षणमा अखिल नेपाल कबड्डी संघका सचिव एवं प्रशिक्षक तर्कराज भट्ट र गण्डकी प्रदेश कबड्डी संघका सचिव एवं प्रशिक्षक हरि जिशीले सहजिकरण गर्ने भएका छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

